डडेल्धुरा – डडेल्धुरामा सरकारी गाडीको चरम दुरुपयोग हुदै आएको छ । सरकारी सेतो नम्बर प्लेटका गाडी बिहान बेलुकी निर्वाध रुपमा सञ्चालन हुदै आएका छन ।
सरकारी गाडी घरायसी काम काज देखि बिदा मनाउन र मलामी जान सम्म पनि सञ्चालन हुने गरेका छन । सरकारी कार्यालयका कर्मचारीले गाडीको दुरुपयोग गर्ने गरेका छन । सरकारी मोटरसाईकलमा तिन जना समेत सवार हुने गरेका छन ।

कार्यालय समय भित्र कार्यालयको कामकाज गर्न सञ्चालन गर्नु पर्ने सरकारी गाडी कार्यालय समय अघि पछि सञ्चालनमा हुन्छन । सरकारी मोटरसाईकलको चरम दुरुपयोग हुने गरेको छ
कर्मचारीले घर आउनजान समेत सरकारी गाडीको प्रयोग गरि रहेका छन । सरकारी कार्यालयका कार्यालय सहयोगी देखि शाखा अधिकृतहरु सबैले सरकारी गाडीको दुरुपयोग गरि रहेका छन ।

कार्यालय सहयोगी, गाडी चालक, शाखा अधिकृतहरुले घर आउजाउ गर्न सेतो नम्बर प्लेटका गाडी प्रयोग गरि रहेका छन । बिहान बेलुकी घरायसी कामकाजमा समेत सरकारी मोटरसाईकल प्रयोग हुने गरेका छन ।
प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय लाई सरकारी गाडीको दुरुपयोग बारे जानकारी गराउदा समेत कुनै पर्वाह नगरेको स्थानियको गुनासो रहेकाे छ ।
Views: 178




























