एकेन्द्र चन्द/ डोटी – डोटीमा नेपाली सेनाका ४० जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।



जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । यस अघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
संक्रमित सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको जिल्ला स्वास्थ कार्यलय डोटीले जानकारी दिएको छ । हालसम्म डोटी जिल्लामा एक हजार २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या एक सय एक जनामात्र रहेको छ भने हाल सम्म जिल्लामा कोरोना संक्रमण बाट मृत्यु भएको छैन ।
Views: 155

























