२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

कैलाली प्रशासनले स्थानीय तह अनुसार सेवा दिने

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता सम्बन्धिका सेवा स्थानीय तह अनुसार दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै स्थानीय तहलाई फरक फरक बार अनुसार सेवा दिने जनाएको छ ।

कार्यालयले गोदावरी नगरपालिकाका सेवाग्राहीलाई आईतबार र बुधबार, कैलारी गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बीहिबार, धनगढी उपमहानगरपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार र चुरे गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बुधबार सेवा दिने व्यवस्था मिलाएको छ ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा सतर्कता र सामाजिक भौतिक दुरी कायम गर्दै अर्को व्यवस्था नभए सम्मका लागि स्थानीय तह अनुसार सेवा दिईने जारी सूचनामा उल्लेख छ ।


 #कैलाली

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।