२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

धनगढीमा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढीमा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बोहराले बझाङ देउलिकोट घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीका जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान थालेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

पक्राउ परेका बोहरा बित्थडचिर गाउँपालिका–१ मा रहेको कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।