२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

विश्वास

आखिर के हो त विश्वास ?
भन्ने विषयमा चर्चा गर्दा मलाई के लाग्यो भने विश्वास भने को कसै प्रति को सकारात्मक अपेक्षा हो । यो संसार माया प्रेम र विश्वास मा अडेको पाइन्छ ।
‌ यदि हामी कसैप्रति धेरै भन्दा धेरै विश्वास गछौँ भने त्यो मान्छेले विश्वास तोडयो भने मनमा एकदमै ठूलो चोट लाग्छ अः साच्चै विश्वास को सिधै मन सँग सम्बन्ध रहको पाइन्छ। विश्वास गर्ने मनबाट अनि विश्वास टूट्यो भने पनि दुख्ने मनलाई नै । विश्वास कुनै निश्चित ब्यक्ती प्रति मात्र नभई हामी जो माथि नि गर्न सक्छौ ।
अझ विश्वास त हामी मानव मात्र नभई सजिव तथा निर्जिव दुवै प्राणी माथि गर्न सक्छौ।
जस्तै:- समुन्द्र पनि आफ्नो ठाउँमा जस्ता को त्यस्तै बस्छ भन्ने हाम्लाई विश्वास छ, त्यसैले हामी त्यस्को किनारमा घरहरू बनाउछौ तर कहिले काँही विश्वास त्यस्ले पनि तोड्छ मतलव छाल आएर घर भत्काएर लिन्छ । कस्ले कुन मोडमा विश्वास तोड्छ अड्कल लगाउन गाह्रो छ ।
विश्वास शब्द विष + वास मिलेर बनेको छ । समग्र मा भन्नु पर्दा मान्छे मार्ने वस्तुको बसाई भन्ने बुझिन्छ । हो, साच्चिकैमा विश्वास भन्ने शब्दले मानवको ज्यान समेत लिएका केश हरू प्रसस्तै छन् । यो सबै आवश्यकता भन्दा बढी विश्वास गरेर भएको जस्तो मलाई लाग्यो ।
त्यसैले कसैप्रति विश्वाश गर्दा चाहिने कुरामा चाहिए जति मात्र विश्वास गरि आफ्नो अमूल्य जिवनलाई सूनाैलो बनाउनु होस् ।

रचना:- अाकाश विश्वकर्मा
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।