धनगढी- धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बोहराले बझाङ देउलिकोट घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीका जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान थालेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
पक्राउ परेका बोहरा बित्थडचिर गाउँपालिका–१ मा रहेको कालिका बाल ज्योति आधारभुत बिद्यालयका प्रधानाध्यापक हुन ।



Views: 136

























