२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

भारतमा अर्को सोमबारदेखि विद्यालय खुल्दै, नेपालमा कहिलेदेखि खुल्ला ?

भारतमा अर्को सोमबार अर्थात् २१ सेप्टेम्बरदेखि विद्यालयहरु खोल्न लागिएको छ । कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु अर्को हप्तादेखि खोल्न लागिएको हो । केन्द्रीय स्वासथ्य मन्त्रालयले विद्यालयमा बालबालिकाहरुको स्वास्थ्यलाई लिएर गाइडलाइन समेत घोषणा गरिसकेको छ । स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अश्विनी कुमार चौबेले आइतबार आफ्नो ट्वीटरमा गाइडलाइन समेत सार्वजनिक गरिसकेका छन् ।

यसअघि अनलाईन कक्षा सञ्चालनमा आएको थियो । सरकारको उक्त निर्णयसँगै अब छिट्टै विद्यालयहरु पनि खुल्नेछन् । जारी गाइडलाइन अनुसार कक्षा कोठाका बेन्च, डेस्कको व्यवस्थापन पनि परिवर्तन हुनेछ । विद्यार्थीहरू ६ फिटको दुरीमा बस्नेछन् ।त्यसकारण बेन्चको दुरी ६ फिटको हुनुपर्नेछ । कक्षामा अन्य क्रियाकलापका समय पनि सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

पढाइको समय शिक्षकरशिक्षिका र विद्यार्थीहरूले मास्क लगाउनुपर्नेछ । विद्यार्थीहरूले एकअर्कामा नोटबुक, स्टेशनरी सेयर गर्न पाउने छैनन् । नयाँ नियमका अनुसार तत्काल सबैलाई बोलाइने छैन । हाल ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई मात्रै स्कुल जाने विकल्प दिइएको छ । स्कुल ती विद्यार्थीका लागि खोलिनेछ जसको अनलाइन शिक्षामा पहुँच छैन ।

छिमेकी मुलुकहरूमा विद्यालय खोल्ने तयारी तीव्र रूपमा गरिएपनि नेपालमा भने यसको विकल्प खोजिएको छैन । दशैँअघिसम्म अनलाइन कक्षालाई नै प्राथमिकता दिएर अघि बढ्ने संकेत दिइएको छ । मकालु खबरबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।