काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर ललित भण्डारी दुर्घटनामा परेका छन् । उनी गृहजिल्ला कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।



कैलालीको धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्म्बरको ट्रकले क्रिकेटर भण्डारी सवार म २ प ४७०५ नम्बर मोटर साइकललाई ठक्कर दिएको बताइएको छ ।
सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका भण्डारीको अवस्था गम्भीर रहेको झलारीका पत्रकार अर्जुन सिंहले जानकारी दिएका छन् ।
उनकाअनुसार शुक्लाफाटा नगरपालिका–१० घर भएका २८ वर्षीय भण्डारीलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि धनगढी लगिएको छ ।
भण्डारीसँगै मोटरसाइकलमा रहेका २४ वर्षीय करन ठगुन्ना पनि गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।
Views: 135

























