२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

अब युवालाई राेजगार देउ

धेरै गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्षहरूसंग स्काभेटर, डोजर जस्ता माटो खन्ने हेभी उपकरणहरू छन्। तिनले आआफ्ना पालिकाका वर्षेनी करोडौँ रकमको माटोको ठेक्का वा काम सीधै उपभोक्ता समितिका नाममा आफै लिने र कमाउने गरेका छन्।
हेभी उपकरण प्रयोग गर्नु भनेको निरन्तर तिब्र बेरोजगारी बढेको अहिले नेपालमा स्थानीय युवाहरूको रोजगारी हरणकर्ता हो । त्यसभन्दा बढी यसले ग्रामीण पर्यावरण ध्वस्त गरेर बाढीपहिरो निरन्तर बढाईरहेकोले गाउँबस्तिहरू बगाउदै, बालीनाली नास गर्दै गाउँहरू विपतकी घटनाहरू भोग्दै, जोखिममा फस्दै गएका छन्। त्यस्तै डोजर वा स्काभेटर प्रयोग गरेर गैरकानुनी ढंगमा नजीखोलाहरूबाट जथाभावी बालुवा झिक्दै वर्षेनी बाढीको जोखिम बढाउने, बनेका पुलहरू पनि तिब्र दरमा भत्किदै जाने गरेको देखिदै छ।
म विगतमा २ दशकसम्म स्थानीय विकास मन्त्रालयमा काम गर्दा सरकारले दिने बजेटबाट डोजर चलाउन नपाईने नियम लागू गरिएको थियो। श्रममूलक बिकासलाई मात्र प्रोत्साहित गर्ने नीति कार्यान्वयन गरिने गरिन्थ्यो।
संघीय ब्यवस्था आए पछि स्थानीय ठेकेदारहरू जति राजनीतिक पदमा घुसेर कानुन बनाएरै गाउँहरू र खोलाहरूको बिनास गरिरहेको देखिदै छ। कसैबाट कुनै रोकतोक गरिएको छैन। नियन्त्रण नियमन गर्न प्रयत्न गर्ने केही सिडिओ प्रशासकहरूलाई तिनै माफियाहरूको प्रभावमा फुटबल बनाएर लात्ताले हुत्याईने क्रम निरन्तर बढ्दो छ।
सिन्धुपाल्चोकमा यसै वर्ष ३,४ वटा बाढी पहिरोको भयानक विपत देख्यौँ। त्यस्तै ढोरपाटन, अछाम, कालिकोट, बझाङ, दार्चुला दिल्लामा यस पटक मात्रै ठूलो क्षति भोगिसकेका छौँ। धेरै खोलाका पुलहरू पनि वर्षेनी भत्किदै गएका छन्।
सरकारसंग मेरो गंभीर अनुरोध छ-
ग्रामीण बिकासमा माटो खन्न र नदी खोलाहरूमा बालुवा निकाल्न ठूला उपकरणहरू- डोजर, स्काभेटर चलाउन तत्काल प्रतिबन्ध लगाई हालियोस्।
श्रमको प्रयोग गर्ने नीति कार्यान्वयन गरेर रोजगारी बढाईयोस्।
मुलुकको ग्रामीण बिकास माफियाको कब्जामा पुगिसकेको छ। आफै डाडूपनियो प्रयोग गरिरेहका छन्, विगत ३ वर्षमा नै गाउँलाई पूर्णत: भ्रष्टिकरण गरिसकेका छन्।
स्वास्थको टकरावलाई पूर्णत: बेवास्ती गरेर राज्यदोहन गरिरहेका छन्। पैसा कमाउन लोकड गुण्डा र डनहरू पालेर बिरोधमा बोल्नेको ज्यान जोखिममा पर्ने धम्री दिईरहेका छन्। दलका कार्यालय र सरकारी कार्यालयका जनप्रतिनिधि मिलेर कर्मचारीलाई दबाबमा जे जस्तो काम पनि गर्न बाध्य पार्ने, नमानेमा धपाउने,हाजिर गर्न नदिने, आफन्त अनाडी करारमा भर्ना गरेका कर्मचारीहरूबाट लाईन फंसन गराउने, भोरजुवा चलिरहेको छ। पैसा हुनेका हातमा अहिले पावर पनि केन्द्रिकृत भएको छ। गाउँ झन् बर्बादीकरण हुदैछ, देश डुब्दै छ। लरोतरो सर्जरीबाट मुलुक तंग्रिने संभावना छैन। अहिले नेताहरूलाई आफ्नो पद जोगाउनु नै महान उपलब्धी हो ठानेको देखियो। प्राविधिक दृष्टिले मात्र सरकारमा हुनुको अर्थ छैन। सिन्को भाचिने छैन , यस्तो बिकृतिको भनसागर र भ्रष्टिकरणको भाइरसको भयानक संक्रमण वडावडामा फैलिसकेपछि।
मुलुकमा भ्रष्टाचार कसैले रोक्न नसक्ने हर्ड ईम्युनिटी बिकसित हुदैछ।भिम उपाध्याय

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।