२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

कंचनपुरमा प्रहरी नायव उपरीक्षक र एकजना प्रहरी हवल्दार कार्यालयमै कुटिए

धनगढी, २८ भदौ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कंचनपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक र एकजना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका छन ।
शनिबार पुनर्बास नगरपालिका मेयर जीवनराम थापाका भाइ लगायतको टोलिले ईलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै प्रहरी कुटपिट गरेको बताइएको छ ।
जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय ल्याइएपछि उनीहरुलाई छुटाउन आएको टोलीले ढुंगामुढा गर्दै प्रहरीलाई कुटपिट गरिएको हो । कुटपिट गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कुटपिटको घटना भैसकेपछि जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी नायब उपरीक्षक अमर थापाको टोलि राति ११स्३० बजे ईलाका प्रहरी कार्यालय पुगेका थिए ।

उनले कुटपिट गर्नेलाई नियन्त्रणमा लिनुको साटो मेयर थापाको जिम्मा लगाएर फर्किए । घटना सामसुम बनाउन खोजेपनि घटना बाहिए आएको हो ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहले घटना सामान्य भएको जानकारी आफुलाई आएको बताए । उनले घटनाबारे आफुले गम्भीरतापूर्वक लिएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।