२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

डडेल्धुराकाे भागेश्वरमा तीस मेट्रिक टन क्षमताकाे काेल्ड स्टाेर बन्दै ।

डडेल्धुराको भागेश्वर गाउँपालिकामा ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र(कोल्ड स्टोर)को निर्माण कार्य सुरु भएको छ।डडेल्धुरामा तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिने उक्त गाउँपालिकामा कुल ४१ लाखको लागतमा कोल्ड स्टोर बन्न लागेको हो। 

बन्न लागेकाे काेल्ड स्टाेरमा जम्मा ३ वटा चेम्बर रहने , कोल्ड स्टोर गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाको संयुक्त लगानीमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताउनु भयाे ।

गाउँमै कोल्ड स्टोर बनेपछि कृषिमा आत्मनिर्भर बन्न खोजिरहेका किसानलाई धेरै सहज हुने रउनिहरुले उत्पादन गरेकाे तरकारि कुहिएर क्षति नहुने र किसानलाई निकै सहयाेग हुने भागेश्वर गाउँपालिका ३ का अध्यक्ष राम बहादुर शाहिले बताए ।

‘गाउँपालिकामा उत्पादन हुने तरकारी तथा फलफुल कोल्ड स्टोरमा राख्न पाएपछि किसानले मिहेनत अनुसारको मुल्य पाउँनेछन्’ । ‘अहिलेसम्म कोल्ड स्टोर नहुँदा कृषकलाई बिउ किन्नुपर्ने बाध्यताको थियो, अब त्यसको अन्त्य हुनेछ।’

कोल्ड स्टोर संचालनका कोटेसन भइसकेको र सप्लार्यस समेत छनौट भइसकेको ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाका गाउँपालिका जलस्रोत अधिकृत देवराज भण्डारीले बताए।

‘निर्माण कार्य सुरु भइसकेको छ, मंसीरसम्म संचालनमा ल्याउने लक्ष्य रहेको छ’ । ‘अहिले गाउँपालिकामा कृषि सम्बन्धी थुप्रै कार्यक्रम संचालनमा आएकाले कोल्ड स्टोरले किसानलाई धेरै सहज हुनेछ।’ भागेश्वरमा कोल्ड स्टोर बनेपछि नजिकै रहेको अजयमेरु गाउँपालिकाका किसानलाई समेत तरकारी तथा फलफुल थन्क्याउन सजिलो हुने गाउँपालिकाका प्रमुख हर्ष बहादुर राेकाले बताउनु भयाे । 
काेल्ड स्टाेर गाउँनजिकै बन्ने खवर सुनेपछि गाउँपालिकाका किसानहरु खुसि भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।