काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले दुवै अध्यक्षको कार्यविभाजन गरेको छ। कमिटीले पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कामकारवाही गर्ने र केपी शर्मा ओली सरकारको कामकारवाही गर्ने गरी कार्यविभाजन गरेको हो।



शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो। त्यसमा नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
Views: 183

























