२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाण्डाै – आन्तरिक किचलोका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज फेरि सुरु भएको छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन । पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।

आजको बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदन, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल हुनेछ । स्थायी कमिटीको बैठक आजै टुंग्याउन पनि अध्यक्षद्वय बीच सहमती भएको छ ।

तर माधवकुमार नेपाल पक्ष भने दुई जना अध्यक्षबीच मात्रै भएका सहमती नमान्ने र पार्टीमा नेताहरुको मनपरि हटेर विधिसम्मत निर्णय हुनुपर्ने अडानमा रहेको छ । प्रधानमन्त्री ओलीले विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेको लगायतका आरोप लागेपछि नेकपाभित्र विवाद चुलिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।