२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

धनगढीमा ५२ प्रतिशत संक्रमित स्थानीय

धनगढी : धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या तीन सय ६८ पुगेको छ। उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १९ वटै वडाका तीन सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका एक सय ९१ जना स्थानीय रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। जुन कुल सक्रमितको ५२ प्रतिशत हुन्छ। उनका अनुसार एक जना स्थानीय संक्रमितको मृत्यु भईसकेको छ।

उपमहानगरपालिकामा एक सय ५५ जना संक्रिय संक्रमित रहेको उपाध्यायले बताए। उनीहरुमध्ये केहीको सेती प्रादेशिक अस्पताल र उपमहानगरपालिकाको आईसोलेसनमा उपचार भईरहेको छ भने बाँकी संक्रमित होम आईसोलेसनमा छन्।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी, शिक्षक, एम्बुलेन्स चालक लगायतमा संक्रमण पुष्टि भएको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।