कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने साल माछा फेला परेको छ ।



करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा फेला परेको हो । साल माछा उद्धार गरिसकेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।
डिभिजन प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिनुभयो ।
Views: 177

























