कैलाली – अत्तरियामा कार दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर -१ स्थित सशस्त्र बाहिनी अगाडि कार दुर्घटना भएको हो।
ईलाका प्रहरी प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट पूर्व तर्फ जाँदै गरेको बा ४ क ३३५१ नम्बरको कार कल्भर्टबाट तल खसेको जनाएको छ।



दुर्घटनामा कुनै मानवीय क्षती नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले बताए ।
सोही कल्भर्टबाट मंगलबार मोटरसाईकल खस्दा दुई जना घाईते भएका थिए।
Views: 137

























