राजेन्द्र साउद बैैैतडी – बैतडीको सिगास गाउँपालिका अन्तर्गत वडा न। ३ र ४ मा कोरोना भाइरस परीक्षण अर्थात् पीसीआर परीक्षणका लागि गरिएको स्वाब हरू एक हप्ता सम्म सम्बन्धित परिक्षण प्रयोगशाला मा नपठाएको पाईएको छ ।



कोरोना सम्बन्धि स्वास्थ्य को मापदण्ड अनुसार २४ घण्टामा कोरोना परीक्षण का लागि सम्बन्धित प्रयोगशाला मा पुगाई सक्नुपर्ने ब्यबस्था छ ।
केही स्वाथ्यकर्मी, होम आइसोलेसन मा बसेका ब्यक्ती र यस अघि कोरोनाको रिपोर्ट पोजेटिभ आएका ब्यक्ती को घरपरिवार गरी वडा नम्बर ३ मा ९ जना र वडा नम्बर ४ मा ८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताइएको छ तर उक्त स्वाब हरू गाजँरी स्वास्थ्य चौकीमा थन्काइएका बताईएको छ ।
यता गाजँरी स्वास्थ्य चौकीमा कार्यरत अहेव धिरेन्द्र प्रसाद जोशीका अनुसार केहि दिन अगाडि मात्रै सिगास गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख को नेतृत्व फेरबदल भएको र अस्पतालमा सबै कर्मचारी को व्यवस्थापन हुन नसक्दा समयमै स्वाब हरू सम्बन्धित प्रयोगशाला मा पठाउन नसकिएको बताएका छन् ।
७ जनाको दरबन्दी रहेको उक्त अस्पतालमा केही स्वाथ्यकर्मी बिशेश कामले बिदामा बसेको कारण २ जनाले मात्र अहिले ब्यवस्थापन गरिराखेको पनि उहाँले बताउनुभयो ।
आज अर्थात् भोली सम्म उक्त स्वाब हरू चेकजाँच को लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाईने बताईएको छ ।
सिगास गाउँपालिका को वडा न २ स्थित गाजरी स्वास्थ्यचौकी गाउँपालिका को नमुनाका रूपमा चिनिन्छ तर कोरोना भाइरस महामारी को कारण स्वास्थ्यकर्मी हरू लाई समेत काम गर्न असहज हुने गरेको पनि अहेव जोशीले बताउनुभयो ।
समाज दिनानुदिन बिकसित हुदै गएको भएपनि स्वास्थ्यकर्मी माथी हातपात गर्ने, स्वास्थ्यकर्मी का समस्या कसैले पनि नबुझी उल्टै स्वाथ्यकर्मी ले काम नगरेको गुनासो सबैले पोख्ने गरेको भन्दै दुखेसो पोख्नुभयो ।
स्वास्थ्य क्षेत्र एवम् स्वास्थ्यकर्मीका समस्या बुझ्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने मा पनि उहाँले जोड दिनुभयो ।
गाउँपालिका को वडा नम्बर तीनमा अहिलेसम्म ५ जना को पीसीआर रिपोर्ट पोजेटिभ देखिएको मा ४ जना निको भएका छन भने १ जना होम क्वारेन्टाईनमा बसेका छन् ।
यस्तै एक हप्ता बितिसक्दा पनि स्वाव परीक्षण गरिसकेर नतिजा आउनुपर्ने मा स्वाब हरू रोकिएपछि होम आइसोलेसन मा बसेका ब्यक्तीहरु घर बाहिर हिँडडुल गर्न थालेको भन्दै समुदाय स्थरमा कोरोना संक्रमण जोखिम बढेको स्थानीय बासिन्दाले बताउँने गरेका छन् ।

























