२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

२१ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा धनगढीका ४ जना पक्राउ

धनगढी-  धनगढीमा  २१ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले होटेल सञ्चालक समेत रहेका कञ्चनपुर भिमदत नगरपालिका ९ का  सन्जु पाल सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । किशोरीलाई होटेल सञ्चालकले बोलाएर  ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
किशोरी बलात्कार आरोपमा डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर १ का २० बर्षिय हेमन्त दियाल, नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २४ को दीपक भट्ट र अजयमेरु गाउँपालिका वडा नम्बर १ का २१ बर्षिय टङ्क धामी लाई पक्राउ गरेको हो ।
उनीहरु चारै जनामाथि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।