धनगढी: नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।



गत २४ घण्टामा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ।
Views: 130

























