२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

सुदूरपश्चिमका थप २३ जनामा कोरोना पुष्टि

धनगढी– कैलालीका १८ सहित सुदूरपश्चिमका थप २३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ७ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका १८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १४ जना, गोदावरी नगरपालिकाका चार जना र बाजुराको बडिमालिका नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।  डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा आज गरिएको परीक्षणमा दार्चुला र बझाङका चार जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका एकजना, र छब्बिसपाथाभारी गाउँपालिकाका एकजना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक रमहाकाली नगरपालिकाका एकजनामा  कोरोना पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको कोरोना परीक्षण गरिएको छ।

 यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय १८ पुगेको छ। उनीहरु मध्ये पाँच हजार तीन जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भईसकेको छ। 

डोटी प्रयोगशालामा भने आज परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।