२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

आज केही ठाउँमा अति ठूलो वर्षा र बाढी–पहिरोको उच्च जोखिम

काठमाण्डाै – देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

ती जिल्लामा साना देखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजे सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

यस्तै आज बिहान नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला आसपासमा अति ठूलो वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको उच्च जोखिम रहेको छ । आज दिउँसो र राति प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।