डडेल्धुरा- डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर २ मणिलेक (बगाल- भुलेउडा) गाउँमा ४० जनालाई भाइरल ज्वरो देखिएको हो ।



पुरै बस्तिमा ज्वरो आएको सुचना आएपछि सोमबार र मंगलबार स्वास्थ्कर्मी त्यहाँ खटिएका छन् । मलेरिया लगायतका रोगको परिक्षण गर्न स्वास्थ्कर्मी सोमबारबाट त्यहाँ खटिएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उप-संयोजक दिपेन्द्र बिष्टले बताए ।
प्रभावीत गाउँमा परिवारका सदस्य समेत गरि ६४ जनाको मलेरियाको जाँच गरिएको छ । उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनी १८ जनाको शंकापद भएकाले मलेरियाको माईक्रोस्कोपिक जाँचका लागि डडेलधुरा अस्पतालमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
साथै ६४ जना मध्ये ५ जनाको स्क्रब टाईफस जाँच गर्दा उक्त जाँच पनि नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ । भाइरल ज्वरो आएकाहरु माध्ये जिनएक्सपर्ट ३ जना, टिबि माईक्रकोपिको लागि ६ जना र कोरोना परिक्षण लागि ७ जनाको स्वाव संकलन गरि डडेलधुरा अस्पताल ल्याइएको छ। ज्वरो देखिनुको कारण पत्ता लगाउन बहुपरिक्षण गरिएको छ । यहाँका नागरिकलाई व्यक्तिगत सरसफाईमा ध्यान स्वास्थ्कर्मीहरुले सुझाव दिएका छन् ।

























