कञ्चनपुर- कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटनामा एक जना पक्राउ परेका छन्। पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै बेल्डाँडी गाउँपालिका –५ की किशोरीले प्रहरीमा उजुरी गरेकी थिइन।



उनको उजुरीपछि प्रहरीले सोही ठाउँका मनमोहनसिँह साउदलाई पक्राउ गरेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। उनले अन्यको खोजी कार्य भइरहेको समेत जानकारी दिए।
पीडित किशोरीले आफुलाई युवाहरुले लागुऔषध खुवाएर ५ दिनसम्म बलात्कार गरेको उजुरीमा उल्लेख गरेकी छिन्।
Views: 265

























