२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

वेपत्ता सुनार पाँच दिनपछि महाकाली नदीमा भेटिए

दोधारा । महाकाली नदीमा वेपत्ता दोधारा चाँदनीका एक युवक पाँच दिनपछि भेटिएका छन् । नदीमा वेपत्ता माहाकाली नगरपालिका ९ का प्रिन्स सुनार आइतबार साँझ ५ बजे नदीमा भेटिएका हुन् । उनी बिहीबार नदीमा नुहाउन जाँदा वेपत्ता भएका थिए ।

सुनारलाई नेपाली सेनाको टोली भेटाएको हो । सुनार वेपत्ता भएको नदी छेउमा सेनाले सुनारको शव भेटाएको हो । आइतबार विहानैदेखि सेनाको टोली खोजीका लागि परिचालन गरिएको थियो ।

यस अघि सशस्त्र प्रहरीले सुनारको खोजी गरेको थियो । सशस्त्र प्रहरीले सुनार वेपत्ता भएको स्थानदेखि कुतियाकवर क्षेत्रसम्म खोजी गरेको थियो । सशस्त्रले भेटाउन नसकेपछि सेनाको टोली परिचालन गरिएको हो ।

सेनाले विहानै सुनार वेपत्ता भएको स्थानको झाडी फडान गरी खोजी सुरु गरेको थियो । सेनाको टोलीले पनि अन्यत्र क्षेत्रमा पनि सुनारको खोजी गरेको थियो ।

१८ वर्षिया सुनार भेटिएपछि उनको शव पोष्ट मार्टम गरी परिवारलाई जिम्मा दिइने तयारी गरिएको छ । सुनारको शव खोज्न सशस्त्र र सेनालाई स्थानीय सहित सन् सेट युथ भोलियन्ट्रियर्स ग्रुफ र नेपाल रेडक्रसको टोलीले समेत सहयोग गरेको थियो ।
सनसेटका अध्यक्ष रमेश भण्डारीले सुरक्षाकर्मीका टोली खोजीमा जुटेपछि सहयोग गरिएको बताए ।

माहाकाली नगरपालिका ९ का सुनार आमा बुवाका एक्ला छोरा हुन् । उनका बुवा पूर्व सैनिक हुन् । सेनाको धनगढीस्थित विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रिनस लडकडाउन घ फर्किएका थिए । स्थानीयले विद्यालयले रिस्टकेट गरी घर पठाएको बताए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।