धनगढी- बझाङमा बाघको छाला सहित २ जना पक्राउ परेका छन् । बझाङको बुङल नगरपालीका -६ का बर्ष २६ हरजित बोहरा र सोही ठाउँका २३ बर्षिय सुरेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।



क्षेत्रिय अनुसन्धान टिम (आरआइटी) र जिल्ला प्रहरी कार्यलय बझाङको संयुक्त टोलीले बाघको छाला र हड्डी ९ किलोग्राम सहित उनीहरुलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यलय बझााङ लगिएको प्रहरीले जनाएको छ ।
Views: 157

























