धनगढी- वन मुद्दामा फरार एक जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका –११ बस्ने रमन कठरिया आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।



कठरियालाई २०७४ पौष २ गते कैलाली जिल्ला अदालतबाट ९३ हजार ३ सय ३३ जरिवाना तोकिएको थियो ।
त्यस लगत्तै उनी फरार भएका थिए । आइतबार घरबाटै पक्राउ परेका उनलाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
Views: 182

























