२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

मुक्त हलिया परिवारलाई लालपूर्जा वितरण

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका २५ मुक्त हलिया परिवारलाई लालपूर्जा वितरण गरिएको छ। क श्रेणीको परिचपपत्र पाएका घर जग्गा नभएका मुक्त हलिया परिवारलाई लालपूर्जा वितरण गरिएको हो।

नगर प्रमुख दिलबहादुर ऐर, उपप्रमुख तुलसीदेवी हमाल र प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले मुक्त हलियालाई लालपूर्जा हस्तान्तरण गरेका हुन्।  वडा नम्बर १ बन्साहामा ५० लाख रुपैयाँमा मुक्त हलिया परिवारका लागि जग्गा खरिद गरिएको छ।

खरिद गरिएको जग्गाको लालपूर्जा मुक्त हलिया दिवशसका अवसरमा आइतबार हस्तान्तरण गरिएको नगर प्रमुख ऐरले बताए। ‘घरबासविहीन हलिया परिवारलाई जग्गाको मालिक बनाएका छौं,’ नगर प्रमुख ऐरले भने, ‘छिट्टै खरिद गरिएको जग्गामा आवास निर्माण गरी हस्तान्तरण गर्छौ।’

जग्गा र आवसाले मात्रै नपुग्ने भएकाले जीवन उपयोगी सीप सिकाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ। मुक्त हलिया परिवारलाई साढे सात धुर जग्गा खरिदका लागि दुई लाखका दरले रकम छुट्याइएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।