२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

कञ्चनपुरमा महिलालाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–३ का दुई जनालाई सामूहिक जबरजस्ती करणीको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन्। स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका थिए।

दुवै जनाविरुद्ध पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन्। महिलाले उजुरी दिएपछि दुवै जना फरार थिए। घर आएका बेला दुवै जना पक्राउ परेका हुन्।

दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।