धनगढी : डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ११० नमुनाहरुमध्ये १६ जनामा संक्रमण देखिएको हो ।



प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार आज संक्रमण देखिएका सबै जना बझाङका रहेका छन । उनले जिल्लाको थलारा गाउँपालिकाका ४ जना, केदारस्यू गाउँपालिकाका १० जना र छब्बिसपाथिभरा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
अन्य ९४ जनाको परिक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
Views: 181

























