दिपकराज भट्ट / डडेल्धुरा (अमरगढि) – विश्व महामारिकाे रुपमा रहेकाे काेराेना महामारिले विभिन्न समस्याहरु अाएका छन् । यस्तो डडेल्धुरामा पनि रगत अभाव हुँदै अाएकाे छ ।



डडेल्धुरा रगत अभाव लाई मध्यनजर गरि अाज दिउसो
हातेमालो समाज नेपाल , लायन्स कल्ब डडेल्धुरा र प्राज्ञिक विद्यार्थी परिषद डडेल्धुरा काे सयुक्त अायाेजनामा रक्तदान गरिएकाे हाे ।
अाज १८ जना ले रक्तदान र २८ भन्दा बढिले रगत समूह
परिक्षण गरेकाे डडेल्धुरा ब्लड बैकका प्रमुख गणेश ऐरले जानकारि गराउनु भयाे ।
रगत अभावलाई मध्यनजर गरेर हामिले रक्तदान कार्यक्रम काे अायाेजना गरेका हाै हातेमालाे समाजका अध्यक्ष अमर भाटले बताए । यस्तै रगत अभाव हुनु नदिन अाफुले समय समयमा यस्ता कार्यक्रम गरिरहने प्राज्ञिक बिद्यार्थी परिषदका जिल्ला अध्यक्ष सन्दिप महराले बताए ।
Views: 196

























