२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

गौरीफन्टा नाकामा सशस्त्र प्रहरीको एउटा मात्र बीओपी राख्ने निर्णय

गौरीफन्टामा सशस्त्र प्रहरीको एउटा मात्र बोर्डर आउट पोष्ट (बीओपी) राख्ने निर्णय भएको छ ।

भदौ ११ गते तत्कालिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीद्धारा मोहना पुल पारी गौरीफन्टा नाकामा स्थापना गरिएको बीओपी हटाउने निर्णय गरिएको हो ।

केन्द्रीय स्तरमा अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरीका प्रमुख (आईजिपी)  भन्सार बिभाग, गृह मन्त्रालयका सहसचिवबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो ।

एउटै नाकामा दुई वटा बीओपी राख्नु व्यवहारिक नभएकोले कैलाली भन्सार कार्यालय भित्र रहेको सशस्त्र प्रहरीको बीओपीले भन्सार तथा नाकाको सम्पूर्ण सुरक्षा गर्ने निर्णय गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा रहने भन्सार गस्ती टोली र  बीओपीको सञ्चालनमा अर्थन्त्रालयले कार्ययोजना बनाउदै गरेको स्रोतले बतायो । जसको जिम्मेवारी भन्सार बिभागका महानिर्देशक र सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक(एआईजी) लाई जिम्मेवारी दिएको छ ।

भन्सारको सुरक्षा जिम्मेवारीलाई लिएर भदौ ११ गतेपछि उत्पन्न समसयाको केही दिन सम्पूर्ण रुपमा समाधान गर्न केन्द्रियस्तरमा महत्वपूर्ण छलफल र निर्णय भएको स्रोतले बतायो ।

सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति हरीशंकर बुढाथोकीले भने बीओपी हटाउने विषयमा आफूलाई जानकारी नभएको बताए ।

उनले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले भनेर आफूहरुले गौरीफन्टा नाकामा बीओपी स्थापना गरेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।