हालै बेलायतमा गरिएको एक अनुसन्धानमा बालबालिकामा कोरोनाको लक्षण पेट दुख्ने पनि हुनसक्ने निष्कर्ष निकालिएको छ ।
क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानका अनुसार बालबालिकालाई डायरिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताइएको छ ।



अहिले बेलायतमा मुख्यरुपमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउनेलाई कोरोनाको लक्षणको रुपमा मानिदै आएको छ ।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसिमको लक्षणलाई कोरोनाको लक्षणमा समावेश गरिसकेको छ ।
यस अनुसन्धानमा एक हजार बालबालिकालाई समावेश गरिएको बिबिसीले उल्लेख गरेको छ ।मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो ।
६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने सिकायत गरेका थिए ।६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो ।यस अध्ययनमा समावेश गरिएका बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।
यस अनुसन्धानको नेतृत्व गरेका अनुसन्धानकर्ता डाक्टर टम वाटरफिल्डले भने, ुहामीलाई थाहा थियो, संक्रमित धरै जसो बालबालिकाको अवस्था राम्रो नै थियो । तर हामीलाई थाहा छैन यी संक्रमित बच्चाबाट कति धेरै संक्रमण फैलियो ।
उनले संक्रमित केहि बच्चामा डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएकाले यसलाई कोरोनाको लक्षणमा समावेश गर्न पर्याप्त भएको बताए ।बेलायतको स्वास्थ्य मन्त्रालयले यस अनुसन्धानको सुझावलाई अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।


















