धनगढी, १७ भदौ । कैलालीमा निषेधाज्ञा थप ३१ गते सम्म हुने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्।
निषेधाज्ञा लम्बिय पनि ब्यापार भने सञ्चालन गर्न पाउने भएको छ ।



प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने छ।
व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ।
यस भन्दा पहिले कैलालीमा भदौ ४ गते राती १२ बजेदेखी लागु हुने १४ सम्म निषेधाज्ञा गरिएको थियो ।
दोस्रो पटक त्यसपछी १४ गते पुन १९ गते सम्म थप गरिएको थियो । कैलालीमा यो तेस्रो पटक गरिएको निषेधाज्ञा हो ।

Views: 129

























