२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

उत्कृष्ट पद्दति भित्र सबै धर्म, ग्रन्थ अटाएको थियो र अटाउछ।

जजसले नेपालमा आफूलाई ज्ञानमा पछाडी पारियो वा पारियो, संस्कृत भाषाको ज्ञान नहुदा कमजोर भइयो वा बनाईयो, संस्कृत शास्त्रहरुको ज्ञान नहुदा शोषणमा परियो, बाहुनहरूले आफूले हजारौँ वर्षदेखि संस्कृत पढे हामीलाई पढ्न नदिएर पछाडी पारियो वा पारे, आफू सात्विक भोजन गरेर तिक्ष्ण बुद्धि, दिमागका भए र हामीलाई मनपरि गर्न छुट दिएर घुमाएका हुन् भन्ने ठान्छन् भने तिनले पनि आजैदेखि संस्कृत भाषा सिकुन्, शास्त्रहरू पढ्न थालून्, भोजन र दिनचर्या स्वच्छ, संयमित वा पवित्र राखून।
यदि यसो गर्न सकियो भने अहिलेका कमजोर वर्गहरूमा एक पुस्तामा नै धेरै क्रान्तिकारी परिवर्तन हुनेछ।
अरूलाई गाली गरेर, अर्काको भाषा साहित्य र पुस्तालाई गाली गरेर अपशब्द बोल्दै गईयो भने ७ जुनिमा पनि तिनको उत्थान हुने छैन। दशौं हजार वर्षदेखिको निरन्तर सनातनी हिन्दू प्रणालीलाई इतिहासमा बेलाबेलामा पराया धर्मले जति हस्तक्षेप गरे पनि यथावत छ, बरू ती पयाराहरू बिलिन भएका छन्। जुन समाजको जग पुस्तौँपुस्ताको योगदानबाट सिंचित हुन्छ, बलियो हुन्छ त्यसका झ्यालढोका कहिले काही भत्काईए पनि हजारौँ वर्ष टिकिरहन्छ र त्यो टिक्नु नै त्यसको अस्तित्वको औचित्य प्रमाणित भएको हो। कहिलेकाही यदाकदा कुनै कालखण्डमा हावाहुरी आउछन् तर त्यो केही बेरमा नै हराएर जान्छन्। त्यसैले सबैले आफ्नो जग बलियो बनाउनमा लागिरहनुपर्छ। दशौँ हजार वर्षदेखिको हिन्दू सनातनी पद्दतिको जग धेरै बलियो छ। विश्वभरि यसको प्रभाव र आश्रम संतालित छन्। जहॉ जानुस् सत्संग केन्द्र पाईन्छ। अब झन् बलियो भइसकेको ससाना हावाहुरीले होहल्लाले यसमा छोप लाग्नेवाला छैन। विश्वमा चेतनाको जागरण गर्न नेतृत्व पनि यही सनातनी हिन्दूका विभिन्न पन्थ र शाखाहरूबाट नै लिइदै छ।
विश्श्वभरि अहिले हिन्दू सनातन पद्दतिको तिब्र पुनर्जागरण हुदैछ।
आउनुस् सबै नेपालीले यस्तो महान परम्पराको लाभ लिन तदनुरूपको जिवन पद्दतिलाई पुन: जगाऔँ। उत्कृष्ट पद्दति भित्र सबै धर्म, पन्थ अटाएको थियो र अटाउछ।
सामाजिक ब्यवहारहरू र बिकृतिहरू धर्म हैनन्, धर्मले जहिले पनि सही ब्यवहार सिकाउछ, मानवको कल्याण मात्र सिकाउछ।
हामी नेपाली पुण्य देव गुरू भूमिमा छौँ, हिराखानी संगै छ। कतै खोज्न जानै पर्दैन। कसैको डाह वा नक्कल गर्नै पर्दैन किनभने सक्कल हामीसंगै छ, अरूले हाम्रै नक्कल गरेको कुरालाई हामीले सक्कल ठान्नु मूर्खता हो। (लेखक – भिम उपाध्याय / नेपाल सरकार पुर्ब सचिव)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।