२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

जारी सीपीएलमा आज सन्दीपको सातौँ खेल

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आज सातौं खेल खेल्दैछन्। सन्दीप सहभागी टिम जमैका तलावाजले आफ्नो सातौँ खेलमा मंगलबार किरोन पोलार्ड कप्तान रहेको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा अपराजित रहेको ट्रिनबागो नाइटविरुद्ध जमैकाको यो दोस्रो भिडन्त हो। लिगमा शानदार प्रदर्शन गर्दै अपराजित ट्रिनबागो ६ खेलमा १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ। अर्कातर्फ जमैका समान ६ खेलमा ३ जित र ३ हारसहित ६ अंकका साथमा चौथो स्थानमा छ।

लिगकै शीर्ष स्थानमा रहेको टिमलाई पराजित गर्दै जमैकाले शीर्ष-४ मा आफनो दाबेदारी बलियो बनाउन खोजिरहेको छ। तर, अपराजित ट्रिनबागोले आत्मविश्वास कायम राख्दै पराजित यात्रालाई तोड्न खोज्ने हुनाले आजको खेल रोचक हुने अनुमान गरिएको छ।

यसअघिको खेलमा ७ विकेटले पराजित भएकाले पनि जमैका संयमित भएर मैदानमा उत्रने छ। जमैकाले अन्तिम पटक ट्रिनबागोलाई सन्‌ २०१८ मा पराजित गरेको थियो। तर त्यसपछिका लगातार ४ खेलमा ट्रिनबागोले जमैकालाई निरास पारिदिएको छ। त्यसैले यो मौका खेर नफाल्ने ध्याउनमा जमैका रहँदा सन्दीपको भूमिका महत्वपुर्ण हुनेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।