२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

कुलमानलाई निरन्तरता दिनेगरि प्र’स्ताव तयार

नेपाल विद्युत प्राधिक’रणका का’र्यकारी प्रमुख कुल’मान घिसिङ’लाई निरन्तर’ता दिनेगरि विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्र’स्ताव तयार पारेका छन् । यही भदौ २९ गतेबाट घिसिङको कार्य’काल सकिँदैछ । तर, उनको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिए’पछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्त’रता दिन सकारात्म’क देखिएका छन् ।

यसअघि सरकार’का प्रवक्ता डा. युवराज खतिव’डाले घिसिङलाई निरन्त’रता नदिने संकेत गरेका थिए । उनले सामाजि’क सञ्जालले घिसि’ङलाई नियुक्ती दिएको भए अर्कै कुरा नत्र सरका’रले नियुक्त गरेको छैन भन्ने जवाफ दिएका थिए ।स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसि’ङको बारेमा नेक’पाका अर्का अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए ।

दाहाल त सुरु’देखि नै घिसिङलाई नै उक्त पदमा निरन्त’रता दिनुपर्ने पक्षमा छन् । पुनले पनि दाहालकै निर्देशनब’मोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ता’व तयार पारेका छन् । आज मन्त्रिप’रिषदको बैठक बसिरहेको छ । सम्भवतः आजकै बैठकमा घिसिङलाई निरन्तरता दिनेबारे प्रस्ताव लगि’एको स्रोतको दाबी छ । कुलमा’नलाई सरकारले निरन्तरता दिन नचाहेको भनेर सरका’रविरुद्ध सामा’जिक सञ्जालमा चर्चा तथा परिचर्चा भएपछि स्वयम घिसिङले सरकारको बचाउ गरेका थिए ।

घिसिङले प्र’धानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनको स्पष्ट मार्गनिर्दे’शनका आधारमा विद्यु’तभार कटौतीको अन्त्यलगायत प्रशास’निक सुधारको काम गरेको स्पष्ट पारेका थिए । उनले विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादे’शले काम गरेको बताएका थिए।

घिसिङ’लाई निरन्त’रता दिनको लागि विभा’गीय उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनपनि सका’रात्मक देखिएका छैनन् । उनले अहिलेसम्म क्याविनेटमा त्यसबारेमा प्रस्ताव नलगेको स्वयम सरका’रका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खति’वडाले स्प्ष्ट पारिसकेका छन् ।

घिसिङ’ले हिजो (बिहीबार) एक विज्ञप्ती जारी गरेर भनेका थिए,“विद्युत्भा’र कटौतीको अन्त्य गरी उज्या’लो नेपाल बनाउन, वित्तीय तथा प्रशा’सनिक सुधार गरी प्राधि’करणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधान’मन्त्री र ऊर्जा’मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशास’निक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् ।”

स्रोतकाअ’नुसार घिसिङले आफू नै प्राधिक’रणको कार्य’कारी निर्देशक हुनेगरि लविङपनि सुरु गरेका छन् । यसका लागि उनले आफ्ना नजिकका मान्छेह’रुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पक’मल दाहाल र प्रधानमन्त्री ओलीकहाँ पठा’एका छन् । उनले एक कार्यका’ल आफूले काम गर्न चाहे’को सन्देश प्रवाह गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।