भागेश्वरः भागेश्वर गाउँपालिका अन्तर्गत महिला तथा बालविकास शाखाको आयोजनामा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने तालिम सम्पन्न भएकोछ । ३ दिने चलेको कार्यक्रम शनिवार सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ५ वटै वडाबाट पाचँ पाचँ जनाका दरले ३० जनाको सहभागीता रहेकोछ । पछिल्लो समयमा मानिसहरूमा मनोसामाजिक समस्या बढ्दै गइरहेको अवस्थामा त्यसमा कमी ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना थापा (बिष्ट) ले बताउनुभयो । उहाँका अनुसार हाल समाजमा विभिन्न प्रकारका मनोसामाजिक समस्याहरू देखापर्न थालेका छन् । यस्ता समस्याको पहिचान तथा समाधानमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष हेमराज चटौतले भन्नुभयो : पछिल्लो समयमा हाम्रो समाजमा पनि बिशेष गरि युवा पुस्तामा लागुपदार्थको दुव्र्यसनी बढदै गएकेछ , यस समस्यालाई समाधान गर्नु तपाई हामी सबैको जिम्मेवारी हो , यसमा तपाईहरुको महत्वुपूर्ण भूमिका रहनेछ । समाजमा हुने हिंसाका घटनाहरु, लागुपदार्थ दुव्र्यसनीका घटनाहरु रहेकाले यस्ता कार्यक्रमहरु लाई वडा र वद्यिालय स्तरमा कार्यक्रमहरु गरिने बताएका छन् । समाजमा हाल पनि रुडिवादि परम्परा रहेकाले यसलाई चिर्नका लागि तपाई हामीको महत्वपुर्ण भूमिका रहनेछ । यस्ता कार्यक्रमहरुमा पालिकाको सदैब सहयोग रहने प्रतिबद्धता समेत जनाएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै सहभागीहरुले यो कार्यक्रम महत्वपुर्ण रहेको र यहाँ बाट सिकेका कुराहरु समाजमा पनि लागु गर्ने जनाएका छन् ।
कार्यक्रमा प्रशिक्षकको रुपमा डा. सिला मैनाली, दिपक राज भट्ट र चेतराज भट्ट रहनुभएको थियो ।



पालिका बाटै मनोपरार्मस सेवा प्रदानः डडेल्धुराको भागेश्वर गाउपालिकाले पालिका स्तरमै मनोसामाजिक परामर्स सेवा प्रदान गर्दै आएके पालिकाको रोजगार सेवा केन्द्र अन्र्तगत रहेको सेवा प्रदान गरिदै आएके मनोसामाजिक परार्मसकर्ता दिपकराज भट्टले जानकारि दिएका छन् । पालिकामा हुने मनोसामाजिक समस्याहरुलाई कम गर्नुका लागि सेवाग्राहिको गोपनियता कायम राखी सेवा प्रदान गरिदै आएके भट्टले बताएक छन् । हाल यो सेवा पालिकाका ५ वडाका ११ जनाले सेवा लिई रहेका छन् ।
मनोसामाजिक परामर्श भनेको व्यक्तिको मानसिक, भावनात्मक तथा सामाजिक समस्याहरू बुझेर समाधानतर्फ सहयोग गर्ने प्रक्रिया हो। यसमा व्यक्तिलाई आफ्ना समस्या खुलेर व्क्त गर्न, तनाव कम गर्न, आत्मविश्वास बढाउन र सकारात्मक सोच विकास गर्न सहयोग गरिन्छ।
यस परामर्शले विशेष गरीः
तनाव, चिन्ता र डर कम गर्न
पारिवारिक वा सामाजिक समस्या समाधान गर्न
हिंसा, दुःख, आघात वा निराशाबाट बाहिर आउन
आत्मविश्वास र निर्णय क्षमता बढाउन

मानसिक स्वास्थ्य सुधार गर्न मद्दत पुर्याउँछ।
मनोसामाजिक परामर्श विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा विभिन्न तालिम कार्यक्रममार्फत प्रदान गरिन्छ। परामर्शदाता ९ऋयगलकभयिच० ले व्यक्तिको भावना र अवस्थालाई गोप्य राख्दै आवश्यक सुझाव तथा सहयोग प्रदान गर्छन्।

























