२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै

काठमाण्डौ – आज पृथ्वी दिवस । हाम्रो पृथ्वी : हाम्रो शक्ति भन्ने नारासहित मनाइँदैछ । पृथ्वीको महत्वलाई उजागर गर्दै विश्वभरि नै हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । 

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस अघि सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । 

राष्ट्र सङ्घको निर्णयपछि अहिले एक सय ९२ बढी देशमा यो दिवस मनाइन्छ । मानिसले गरेको विकासको असर पृथ्वीमा नकारात्मक रूपमा पर्दै गएको छ । अहिले पृथ्वीको बढ्दो तापमान एउटा मुख्य जोखिम हो । 

जसले बाढी, पहिरो, हिमताल विस्फोट, बेमौसमी वर्षा, अति वर्षा, सुख्खा जस्ता समस्या देखिएका छन् । यस्तै प्लास्टिकको बढ्दो प्रयोगसहित बढिरहेको फोहोर पनि अर्को चुनौती रहेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।