२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

किंग्स युथ क्लवको आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धि युवा स -शक्तीकरण कार्यक्रम सम्पन्न

डडेल्धुराः डडेल्धुरामा आज लागुऔषध नियन्त्रण सम्बन्धि युवा स शक्तीकरण कार्यक्रम सम्पन्न भएकोछ । किंगस यूथ क्लवको आयोजना , अमरगढी नगरपालिका डडेल्धुराको प्रर्बद्धन तथा खबरदारी न्युज र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । डडेल्धुरामा लागुऔषधतका सेवनकर्ताहरु बढदै गएको समयमा यस्ता सेवनकर्ताहरुलाई सचेत गराउनु तथा सेवनकर्तामा कमी ल्याउनुका लागि कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष सुरज देउवाले बताएका छन् । उनले थपे यस्ता घटनाहरुमा क्लव एक्लैले सम्भव नहुने भएकाले डडेल्धुराका स्थानयि तह, प्रहरी कार्यालय तथा सरोकारवाला निकायहरुले चासो दिनु जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा स्थानीय युवाहरु , जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमले समाज सुधारका लागि सकारात्मक भुमिका खेल्ने विस्वास लिईएकोछ ।

के हो लागुऔषध ?
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार
गाँजा
औषधोपयोगी गाँजा
अफिम
तैयारीको अफिम
औषधोपयोगि अफिम
कोकाको झार र पात र
अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ।
नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।

लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन:

एकान्तमा बस्न रुचाउने ।
असमान्य व्यवहार देखाउने ।
दुव्लाउदै जाने ।
पढ्न मन नगर्ने ।
अपराध कर्ममा लाग्ने ।
धन सम्पतिको बरबादी तिर लाग्ने ।
समाजमा बिभिन्न प्रकारका अपराधहरू घट्दै जाने ।
सामाजिक मुल्य र मान्यताहरू भतकिदै जाने ।

 

लागुऔषध सेवनको लत छुटाउन सजिलो हुँदैन, तर सम्भव छ। सही सहयोग र धैर्य भयो भने धेरैले सफलतापूर्वक छोडेका छन्। यहाँ व्यवहारिक र प्रभावकारी उपायहरू छन्:     

१) समस्या स्वीकार गर्नु

लत हुनु कमजोरी होइन, यो स्वास्थ्यसम्बन्धी समस्या हो। आफूलाई दोष नलगाई “मलाई मद्दत चाहिन्छ” भन्नु नै पहिलो जित हो।

२) पेशेवर सहयोग लिनु

  • डाक्टर, मनोचिकित्सक वा काउन्सेलरसँग भेट्नुहोस्

  • आवश्यक परे डिटक्स (Detoxification) र औषधीय उपचार गरिन्छ

  • पुनर्स्थापना केन्द्र (Rehab) धेरैलाई उपयोगी हुन्छ

३) परिवार र साथीको साथ

  • विश्वासिलो मानिसलाई खुलेर भन्नुहोस्

  • लुकाउनु भन्दा समर्थन माग्नु छोड्ने प्रक्रियामा निकै बलियो कदम हो

४) ट्रिगरहरू टाढा राख्नु

  • लागुऔषध प्रयोग गर्ने साथी/स्थानबाट टाढा रहनु

  • खाली समय कम गर्न व्यायाम, काम, पढाइ, सीप सिक्ने जस्ता गतिविधि अपनाउनु

५) मानसिक स्वास्थ्यमा ध्यान

  • तनाव, डिप्रेसन, चिन्ता—यी लतका ठूला कारण हुन्

  • ध्यान (meditation), योग, सासप्रश्वास अभ्यासले मद्दत गर्छ

६) सानो लक्ष्य बनाउनु

  • एकैचोटि सबै छोड्ने सोचले डर लाग्न सक्छ

  • आज मात्र नखाने भन्ने लक्ष्यबाट सुरु गर्नु

७) फेल भयो भने हार नमान्नु

  • रिल्याप्स (फेरि सुरु हुनु) हुन सक्छ

  • यसलाई असफलता होइन, सिकाइको भाग ठान्नुहोस् र फेरि उठ्नुहोस्


 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।