२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

आत्महत्या गर्नु अघि गिरीको सुसाइड नोट ,प्रहरी ड्राइभरमाथि आत्महत्याको आरोप

डडेल्धुराः भागेश्वर गाउँपालिका घर भई हाल डडेल्धुरा जिल्ला सदरमुकाम बस्दै आएकी सरिता गिरी (गिरी सानी) ले आत्महत्या गरेको खुलेकोछ ।
आत्महत्या अघि उनले सामाजिक सञ्जाल फेसबुकमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत एक प्रहरीको फोटो तथा भिडियोसहित सुसाइड नोट लेखेकी थिइन्। नोटमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत ड्राइभर यज्ञ साउद रहेको बताइएकोछ। मृतक गिरीले आफूलाई लामो समयदेखि मानसिक रूपमा दबाब दिइएको उल्लेख गरेकी छन्।
गिरीले आत्महत्या गर्नु अघि आफ्नो फेसबुक पोष्टमा लेखेकि छिनः , ‘मसँग भएको पैसा सबै लगिस, आफ्नो घर बनाइस। मैले दिएको त्यहीँ पन्ध्र लाख रुपैयाँ मेरो छोरालाई दिनु। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु।’

मृतक गिरीका श्रीमान विगत १५ बर्ष देखि बैदेशिक रोजगारीमा रहेका छन् । गिरीले आफ्नै घरमा अत्महत्या गरेकी थिईन् ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालयले परिवारजन आएपछि कानुनी प्रकिृया अगाडि बढाईने बताएकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।