२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सत्यबादी माबीको छात्रबासमा रहेका अनाथ ,विपन्न बालबालिकालाई सामी द्धारा न्यानो कपडा वितरण

बझाङ (रुपक खडका)- जयपृथ्वी नगरपालिका– बझाङको जयपृथ्वी नगरपालिका–भोपुरस्थित सत्यबादी माध्यमिक विद्यालयको छात्राबासमा रहेका अनाथ, विपन्न तथा असहाय बालबालिकालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको छ।

२५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बिहीबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रले छात्राबासमा बसोबास गरिरहेका २० जना अनाथ तथा असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो।

अभिभावकविहीन बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको उक्त छात्राबासमा चिसो मौसममा ओढ्ने कपडाको अभाव देखिएपछि सामी कार्यक्रममार्फत १० थान ब्ल्यांकेट र १० थान न्यानो तन्ना वितरण गरिएको आप्रवासी स्रोत केन्द्रका चन्द्र जोशीले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा जयपृथ्वी नगरपालिका नगरप्रमुख चेतराज बजालले सहयोग सामग्री हस्तान्तरण गर्दै गरिब तथा विपन्न बालबालिकाको क्षमता विकास, प्रतिभाको कदर तथा शिक्षा क्षेत्रमा प्रोत्साहन आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले छात्राबासको अनुगमन गर्दै विपन्न बालबालिकाको बसोबास व्यवस्थापनमा सुधार गर्न विद्यालय परिवारलाई सुझाव दिनुभयो।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र जोशीले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै जिल्लाका विभिन्न भेगबाट अध्ययनका लागि आएका अनाथ बालबालिकाको शैक्षिक सुधारका लागि विद्यालय परिवार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले केही व्यवस्थापनमा अभाव रहेकाले आगामी दिनमा थप सुधार गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।