डडेल्धुराः डडेल्धुरा जिल्लामा प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको डडेल्धुरामा पनि चर्चा हुन थालेकोछ ।
यस्तै चुनावी चर्चा चलिरहदा डडेल्धुराबाट शेर बहादुर देउवा, सागर ढकाल, विनय मल्ल, डा। तारा जोशी, कर्ण मल्ल, खगराज भट्ट र पठान सिंह बोहराको चर्चा भएकोछ ।
को हुन त चर्चामा आएका यी उमेदवारहरु
शेर बहादुर देउवाः
देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै आएका छन्। यसपटक पनि नेपाली काँग्रेस डडेल्धुराले उनलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ। उनी डडेल्धुरा बाट हालसम्म लगातार जित्दै आएका छन् ।
सागर ढकालः
गुल्मीका स्थायी बासिन्दा रहेका ढकालले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिएका थिए । ढकालले १३ हजार भन्दा बढी मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए । उनी यस पटक पनि चुनावी मैदानमा आउने बताउछन् ।
कर्ण मल्लः
नेपाली काँग्रेस (बीपी) का नेता रहेका मल्ल पार्टिका वरिष्ठ उपसभापति रहेकाछन् । लामो समय शेरबहादुर देउवाकै स्वकीय सचिवका रूपमा काम गरेका मल्लले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुरा बाट देउवासँगै प्रतिस्पर्धा गरेका थिए । उनी नेपाली काङग्रेसको कारवाहिमा परेपछि विपि काङग्रेसको राजनीतिमा सकिृय रहेको देखिन्छ । गत चुनावमा उनी तेस्रो स्थानमा सीमित भएका थिए ।



पठानसिंह बोहराः
नेकपा एमाले पार्टिका केन्द्रीय सदस्य पठानसिंह बोहरा २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेश सभा ‘क’ बाट विजयी भई सुदुरपश्चि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रि बनेका थिए । २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट माओवादी केन्द्रका नेता खगराज भट्टसँग पराजित भएका बोहरा यसपटक एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने सम्भावना रहेको चर्चा चलेको देखिन्छ ।
खगराज भट्ट:
नेपाली कम्युनिस्ट पार्टीका नेता भट्ट हाल सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका छन् । अघिल्लो प्रदेश सभा निर्वाचनमा भट्ट डडेल्धुरा क्षेत्र नम्बर क बाट विजयी भएका थिए । उनी । नेपाली काङग्रेस संगको गठबन्धमा उनी विजयी भएका थिए । भट्ट यसअघि प्रतिनिधि सभामा शेरबहादुर देउवासँग तीन पटक पराजित भइसकेका नेता हुन् ।
डा. ताराप्रसाद जोशी :
डा. जोशी सुदूरपश्चिम प्रदेश सभाका सांसद हुन् । अघिल्लो प्रदेश सभा निर्वाचनमा उनी डडेल्धुरा प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । उक्त निर्वाचनमा उनले वाम–लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार गोविन्दराज बोहरालाई पराजित गरेका थिए । उनी अहिले उज्यालो नेपाल पार्टिमा रहेका छन् । उनी भन्छन पार्टिमा छलफल गर्दै छौ, चुनावमा जाने नजाने निर्णय पार्टिको सुझाव बाटै लिन्छु ।
विनय प्रकास मल्लः
मल्ल डडेल्धुरा ४ खलंगाका बासिन्दा हुन् । उनी हाल जापनमा रहेका छन् । उनले यस पटकको ेचुनावमा मैदानमा आउने संकेत देखाएका छन् । उनी भन्छनः जनताले चाहेमा आफु राजनीतिमा आउनु चाहान्छु , जनताको मागको सम्बोधन संगै निश्पक्ष रुपमा राजनीतिमा आएर डडेल्धुरा सुधार गर्ने योजना बनाएकोछु । बाकी समयको माग अनुसार अगाडि बढछु । मल्ल उसो त डडेल्धुरामा सामाजिक कार्यमा सकिृय , युवाहरुको साथ सर्मथन पाएका यूवा हुन् ।


























