२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुन्छः भीम रावल

डडेल्धुराः आगामी निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुने दाबी गरिएको छ। शुक्रवार धनगढीमा आयोजित नेकपाका एकता सन्देश सभामा बोल्दै पार्टीका नेता डाक्टर भीम रावलले नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो दल हुने दाबी गरेका हुन्।‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ। चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौं,’ रावलले भने।

पार्टीका संयोजक पुष्पकमद दाहाल प्रचण्ड र सह(संयोजक माधव कुमार नेपाल उपस्थित पार्टी एकता सन्देश सभामा नेता रावलले देशको मुहार फेर्न नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शासनले गर्दा मुलुकले दुर्घटना व्यहोर्नु परेको बताएका छन्।

ओलीले विगतमा दुईरदुई पटक संसद विघटनको प्रयास गरेको सन्दर्भ कोट्याउँदै नेता रावलले ओलीले पार्टी सदृढ र लोकतान्त्रिक बनाउने १० बुँदे सहमतिलाई लत्याएको बताएका छन्। उनले एमालेले विपरित सिद्धान्त बोकेको काँग्रेससँग बाडीचुडी खान सत्ताझादेरी गरेको टिप्पणी गरेका छन्। कार्यक्रममा संक्षिप्त मन्तव्य राखेका नेता रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।