२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

१०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा, चुच्चे नक्सासहित यी हुन् विशेषता

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर ११)देखि १०० रुपैयाँअंकित दरका नयाँ नोट बजारमा पठाउँदै छ । नयाँ नोट साबिककै आकार तथा रङमा उपलब्ध हुनेछ ।

संकेत नं. क/२० ०००००१ देखि घ४०/ ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र छ । नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप छ । नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, नोटको मध्यभागमा अशोकस्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको छ ।

अशोकस्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानका निम्ति छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ ।

दुई मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो छ ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्रलगायत विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।