२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

बङ्गलादेशमा शेख हसिनाको पार्टीद्वारा देशव्यापी प्रदर्शन आह्वान

बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले यही नोभेम्बर ३० तारिखसम्म देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

अवामी लिगले आउँदो आइतबार ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको हो । अवामी लिगको आफ्नो आधिकारिक ‘एक्स’ मा जारी वक्तव्यमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसद्वारा हसिना र उनको पार्टीलाई आउँदो फेब्रुअरीमा हुने आम चुनावबाट बाहिर राख्न नियोजित रूपमा अदालतबाट फैसला गराइएको आरोप समेत लगाएको छ ।

हसिनालाई मृत्युदण्डको फैसला भएकोमा अवामी लिगले यसलाई अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उसले प्रधानमन्त्री युनुसले तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेको छ । पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले गएको मंसिर १ अर्थात् नोभेम्बर १७ तारिखमा मृत्युदण्डको फैसला सुनाएको थियो ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गएको वर्षको घटनामा दोषी ठहर गरेको थियो । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।