२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

धनगढीमा समुदाय स्तरमा कोरोना परीक्षणको तयारी

धनगढी । पछिल्लो समय धनगढी उपमहानगरपालिकाको समुदायमा कोराना देखिन थालेपछि समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी थालेको छ ।

धनगढी उप–महानगरपालिकाले भोली देखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन नगरप्रमुख वडले भने, संक्रमितका परिवार, बढी जनसम्पर्कमा रहने ब्यक्तिबाट नमुना छनौट विधीको प्रयोग गरेर छनौटमा परेकाहरुबाट स्वाव संकलन गरिने छ ।

धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा कोरोना परीक्षण गरिने छ नगरप्रमुख वडले भने, विस्तारै परीक्षणको दायरा बढाउदै लगिने छ । धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ ।

उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत भन्दा बढी संक्रमित स्थानीय रहेका छन् । धनगढीमा स्थानीय संक्रमितको संख्या ५१ पुगेको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।