२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

धुरा जाँत (मेला) १८ गतेः भागेश्वर गाउँपालिकामा सार्वजनिक विदा

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकाले वैकुण्ठ चतुर्दशीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कार्तिक १८ गते (मंगलवार) का दिन सम्पूर्ण कार्यालय तथा संस्थाहरूमा विदा रहने भएको हो ।

भागेश्वर गाउँपालिकाको केन्द्र बगरकोटमा रहेको भागेश्वर मन्दिर धुरामा हरेक वर्ष वैकुण्ठ चतुर्दशीको अवसरमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ । सोही दिनको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई मध्यनजर गर्दै गाउँपालिकाले यो वर्ष पनि सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले जानकारी दिनुभयो ।

May be an illustration of ticket stub, blueprint and text

 

गाउँपालिकाको निर्णय अनुसार सो दिन गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा मातहतका अन्य संघसंस्थाहरू बन्द रहनेछन । तर, अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछ । गाउँपालिकाले सूचना सार्वजनिक गर्दै स्थानीयवासी, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैलाई मेलामा सहभागी भई धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा हातेमालो गर्न आह्वान गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।