डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका ५ बगरकोट रोडमा बस्ने मार्केश रावल झुण्डिएको अवस्थामा फेला परेका हुन् । २३ बर्षिय मार्केश रावल कोठामा भुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी भास्कर चन्दले बताएका छन् । प्रहरीलाई घटनाको बारेमा ४ बजेर ४५ मिनेट तिर खबर प्राप्त भएको चन्दले बताएका छन् । उनको मृत्युको कारण भने खुल्न नसकेको र यस घटनाको थप अनुसन्धान भईरहेको बताईएकोछ ।
रावलका बुबाको ७ दिन अगाडि मृत्यु भएको थियो ।



Views: 1,763

























