२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथको तयारी

काठमाडौं-  सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो । चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुन्छ,’ स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।