२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

‘खोले जाँत’ २१ गते रतेडी र २२ देउसेडि हुने

डडेल्धुराः डडेल्धुराको प्रसिेद्ध जाँत (मेला) २२ गते लाग्ने भएकोछ । अजयमेरु गाउँपालिका–३ र ४ चिपुरमा पर्ने प्रसिद्ध जगन्नाथ मेला (खोले जाँत) कात्तिक २१ गते रतेडी र २२ गते दिसेडी परेको छ । जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टका अनुसार २१ गते राति ‘रतेडी’ र २२ गते दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो।
मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा रहेको छ।

पूजाआजापछि ‘तिलाख’ ग्रहण गर्न बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू सहभागी हुने भएकाले यो मेला धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

मेलाको सुरक्षालाई लक्षित गरी चारवटा सीमाना तोकिएका छन्, पूर्वमा राउत कट्टे, पश्चिममा चिपुर न्वाउलो ९हाटपाट न्वाउलो०, उत्तरमा माहर गडो ९हल्कुडा० र दक्षिणमा खिरे चौतारा ९मणिलेक०। ती सीमाभित्र गैरकानुनी कार्य गरेमा जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको जगन्नाथ युवा क्लबका अध्यक्ष भट्टले जानकारी दिए।

भट्टका अनुसार रक्सी बिक्री गरेमा १० हजार, सेवन गरेको पाइएमा ५ हजार, जुवा तास खेलाइएको पाएमा १० हजार, रोडमा सामान बेच्ने वा पार्किङ क्षेत्रभन्दा अगाडि गाडीरमोटरसाइकल ल्याएमा दुई हजार जरिवाना गरिनेछ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।